Friday, May 3, 2013

किन ठुस्किन्छस् ए जिन्दगी  ?
           
बालापनमै नि उफ्री उफ्री खेल्न पाइन तेरै लागि
मेरो पनि त इच्छा थियो, रहर थियो मन लागि गर्ने
बा आमाले रोके सिर्फ तेरै निम्ति
म रोकिएँ मनका तिर्सनाहरूलाई तिलाञ्जली दिँदै
अझै किन ठुस्किन्छस् ए जिन्दगी ?

स्कूल गएँ, मनै नलागी पढेँ लेखेँ
भोक भनिन, निद्रा भनिन साथी सँगी भनिन
अझै पुगेन तँलाई क्याम्पस गएँ
बोक्नै नसकिने किताबका भारी भित्र हराएँ
ज्ञान चाहियो रे तलाई खुसी बनाउन
फ्नै खुसी बन्धक राखी त्यसका पछि लागेँ
अझै किन ठुस्किन्छस् ए जिन्दगी ?

तेरो स्वभाव पनि गजबको छ है
मान्छे भन्दा नि महत्वाकांक्षी
ज्ञान मात्रले नि पुगेन तलाई
पैसा चाहियो, धन सम्पत्ति चाहियो
आफ्ना हाड घोटेँ, रात दिन दिन रात
जागिर खाएँ, पैसा कमाएँ तेरै खुसीका लागि
अझै किन ठुस्किन्छस् ए जिन्दगी ?

मान चाहियो सम्मान चाहियो रे अब ?
प्रतिष्ठा र प्रशंसा पनि चाहियो रे ?
कहाँबाट ल्याउँ म ? जति गर्दा नि नअघाउने ?
मैले जे जति गरेँ सब तेरै लागि होइन र?
तैले कहिल्यै मेरो बारेमा नि सोचेको छस् ?
 म लागि रहेछु, लागि रहने छु तेरै लागि
निरन्तर निरन्तर बाँचुन्जेल सम्म
अझै किन ठुस्किन्छस् ए जिन्दगी र ?

1 comment:

  1. जिन्दगी लागि नदेउ दोष साथी तिमी
    यही हो एउटा खुल्ला विश्वविधालय बुझ
    अनि खुल्ला के नपुगे जस्तो पाण्डुलिपी
    र त तिमी बाकी पुरा गर्न लागि रहेछैा
    दुनियाँमा कहिले नदी किनार त कहिले
    समुन्द्रको तटमा बसि बात गर्छैा फेरि
    किन ठुस्किन्छस ए जिन्दगी????????

    ReplyDelete